यस्तै बेतिथी रहे प्रदेश २ को सरकार ढल्छ : प्रचण्ड

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारलाई चेतावनी दिएका छन । । फोरम-राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने संकेत गरेका छन ।

‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।’

उनले भने, ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति-व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’
कार्यक्रममा तराई मधेस फोरमका अध्यक्ष अमर यादवसहितको टोलीलाई नेकपा प्रवेश गराउदै अध्यक्ष प्रचन्डले नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने अवस्था रहेको बताउदै प्रदेश २ सरकारको कार्यशैली परिर्वतन हुनुपर्ने तर्फ संकेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार