१५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गर्न लागेको छ । एक हप्ताको अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने छ । बोलकबोलमा खरिदकर्ता, बैंक तथा वित्तीय संस्थाले कम्तीमा ५ प्रतिशत ब्याजदर कोट गर्नुपर्ने छ ।
बजारमा लगानी योग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो । रिपोको बोलकबोल आज ३ बजे हुँदै छ भने आज नै जारी हुने छ । राष्ट्र बैंकका अनुसार रिपो वैशाख १९ गते परिपक्व हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार