काठमाडौंमा भूकम्पको लगातार दुई धक्का, नौबिसे केन्द्रबिन्दु

 

धादिङको नाैबिसेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।  काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५. २ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि नाैबिसेलाई नै केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निट्युडकाे भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस भएको छ । उपत्यकासहित नुवाकोट, धादिङमा पनि धक्का महसुस भएको छ ।

चार वर्षअघि २०७२ वैशाख १२ गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको थियो । त्यसपछि निरन्तर पराकम्प गइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार