तीन वर्ष ग्रामीण क्षेत्रमा काम गरेपछि मात्र अष्ट्रेलियन पीआर

काठमाण्डौ । अष्ट्रेलियामा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले अष्ट्रेलिया सरकारले नयाँ आप्रवासी नीति ल्याएको छ ।

हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा ३० हजार भन्दा बढी कटौती गर्ने योजना अनुरुप प्रधानमन्त्री मरिसनले बुधबार नयाँ नीति घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । २ ठूला शहर सिड्नी र मेलबर्नको चाप कम गर्न यो नीति ल्याइएको बताइन्छ ।

नयाँ नीति लागु भएपछि अब अष्ट्रेलियामा स्थायी बसोबासका लागि आवेदन दिनको लागि योग्य हुनलाई अष्ट्रेलियाका ग्रामीण क्षेत्रमा कम्तीमा तीन वर्ष काम गरेको हुनु पर्नेछ ।प्रधानमन्त्री मरिसनले यो नीति शहरहरुमा मानिसको बढ्दो चाप कम गर्न मात्र भएको स्पष्ट पारेका छन् ।

नयाँ नीतिअनुसार अष्ट्रेलियामा अध्ययन गर्न आउने अन्तर्राष्टिय विद्यार्थीहरुले यहाँका ग्रामीण क्षेत्रका विश्व विद्यालयहरुमा अध्ययन गरेको खण्डमा एक वर्ष पोस्ट स्टडी वर्क भिसा अनुदान स्वरुप पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार