८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए पनि सहभागी हुदै

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ ।

सँस्थाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएको हो ।

नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आवश्यक सहयोग जुटाउन आफूहरुको तर्फबाट पनि सो खेलकुद प्रतियोगितामा भाग लिने निर्णय गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए । उनले नेपालको समृद्धिका लागि खेलकुद, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे ।

प्रतियोगितामा एनआरएनएको तर्फबाट अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, मलेसियालगायतका २४ जना गैर आवासीय नेपाली खेलाडीहरु सहभागी हुने बताइएको छ । उनीहरु कराँते, जुडो, ब्याटमिन्टन, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलका लागि सहभागी हुनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार