राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राजदूत उदयराज पाण्डेले मलेशियाका राजा याङ डि पर्तुन अगोङ् समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

क्वालालम्पुरमा दरबारमा आयोजित एक समारोहका बीच राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कार्यक्रम लगत्तै पाण्डेले राजा पर्तुनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली तथा नेपाली जनताको तर्फबाट राजा पर्तुनको स्वास्थ्य लाभको कामनाका साथै मलेशियाका जनताको प्रगतिको कामना गरेका थिए ।

राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेशियाबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार