भारततर्फ सुपारी तस्करी गर्न खोज्ने चार जना पक्राउ

भारततर्फ सुपारी तस्करी गर्न लागेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरिका अनुसार पक्राउ पर्ने चारै जना महिला छन् ।

शुक्रबार भारततर्फ सुपारी तस्करी गर्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीया रसिद खातुन तथा २७ वर्षीय जरिना खातुन छन् ।

पक्राउ परेकाहरूको साथबाट १५ किलो सुपारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरू सुपारी तस्करी गर्ने भरिया रहो प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारैजनालाई थप कारबाहीका लागि सुपारीसहित भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार