अभिनेता गणेश मुनालको निधन

अभिनेता गणेश मुनालको सोमबार निधन भएको छ । मुनालको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । उनी दमरोगको समस्याबाट पीडित थिए ।

उनले अभिनित  फिल्म लभ लभ लभ’, ’एक पल’, ’सेतो बाघ’, ’शिरीषको फूल’, ’दिदी भाई’, ’मिस्टर डन’ लगायतका हुन भने उनको नयाँ फिल्म ’गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका  उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।  उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार