अन्ततः रविले बिहे गरे निकितासँग

लामो समय विवादमा रूमलिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले निकिता पौडेलसँग विवाह गरेका छन् । अमेरिकामा रहेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका रवि लामिछानेको पौडेलसँगको सम्बन्धलाई लिएर निकै हलचल भएको थियो ।

उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । एक साताअघि दुवैले इन्गेजमेन्ट गर्ने आफ्ना साथीभाइलाई जानकारी गराएका थिए । रविको जेठी श्रीमतीबाट दुईवटी छोरी छन् भने अमेरिकी युवतीसँग एक छोरा छन् । अमेरिकी युवतीसँग रवि ६–७ वर्षसँगै बसेका थिए । यो कुरा रवि आफैंले स्वीकारेका छन् ।

सोमबार रविले निकितासँग “कोर्ट म्यारिज” गरेका हुन् । “आ-आफ्ना परिवारसङको अनुमतिमा आज निकिता पौडेलजी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौं,” लामिछानेले फेसबकुमा लेखेका छन्- “यो निर्णय यति छिटो गर्ने योजना थिएन, तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। ”

उनले परम्परागत रुपमा आउदो वैशाखमा विवाह गर्ने पनि जनाएका छन् ।

निकिता सिनेमा टाइकुन उद्धव पौडेलकी एकमात्र छोरी हुन् । उनले आफ्नो पूर्वपतिसँग सात वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी छन् । निकिता हाल चलचित्र विकास बोर्डकी अध्यक्ष छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार