देश दौडाहमा ‘रणवीर’

माघ १८ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र रणवीरको टिम अहिले मोफसल डौडमा निस्केको छ ।

चलचित्रको प्रसार–प्रसारको लागि निर्माण टिम र कलाकारसहित निस्किएको टोलीले बुधबार बुटवलका चलचित्र पत्रकारसँग भेटघाट गरेको छ । चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । गोविन्दसिंह भण्डारीद्वारा निर्देशित चलचित्रमा सुशिल सिटौलाको मुख्य भूमिका छ । सिटौलाल आफूले सबैभन्दा बढी मेहनत गरेको बताएका छन् । चलचित्र एक्सन प्रधान विषयवस्तुमा आधारित रहेको निर्माता गोमा विष्टले बताइन् ।

चलचित्रमा सुशिलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रवि गिरी, जगदिश रिजाललगायतको अभिनय छ ।

काठमाडौंका अलवा डडेल्धुरा, बैतडी, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार