भेनेजुएला विवाद : समर्थन लिन गुएडो चीन यात्रामा

आफैँले आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषित गरेका जुवान गुएडो चीनको समर्थन जुटाउन चिन गएका छन् । उनको यो यात्रालाई अमेरिकाले पनि महत्वका साथ हेरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले लेखेका छन् ।

आफूलाई राष्ट्रपति घोषित गर्ने गुएडोको कदमलाई अमेरिकाले मान्यता दिएको छ । र उ खुलेरै राष्ट्रपति निकोलस मदुरोको विपक्षमा उभिएको छ । उता केही समय अघि निर्वाचित भएका भेनेजुएलाका राष्ट्रपतिले अहिले भेनेजुएलाको सत्ता सञ्चालन गरिरहेका छन् । र थुप्रै अधिकारीले उनलाई समर्थन गरेका छन् । तर, उनीविरूद्ध प्रदर्शनहरू भइरहेका छन् ।

विवाद बढेसँगै युरोपेली युनियनले भेनेजुएलामा पुनर्निर्वाचन गराउन आह्वान गरेको थियो । तर, मदुरोले यो प्रस्ताव अस्वीकार गरिदिएका छन् । आइतबार मदुरोले उनी कुनै दबाबका कारण राष्ट्रपतिको निर्वाचन गराउने कुरालाई नस्वीकार्ने दावी गरे । यस्तो स्थितिमा गुएडोले चिनिया समर्थन जित्ने प्रयास गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार