भारतीय सामाजिक व्याक्तित्व अन्ना हजारेले अनसन तोडेका छन् । हजारले सात दिनदेखि बस्दै आएको अनसन तोडेका हुन् ।
महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरी अन्ना हजारेलाई जुस खुवाएर अनसन तोडाएको स्क्रोल डट इनकाले जनाएको छ ।
अनसन तोडिएपछिको पत्रकार सम्मेलनमा हजारेले मुख्यमन्त्रीले आफना सबै माग पूरा गर्ने वचन दिएकाले अनसन बताएका छन् । मुख्यमन्त्री फडणवीसले विधानसभामा भ्रष्टाचारविरुद्धको लोकपाल बिलका लागि संयुक्त आलेख समिति गठन गर्ने वचन दिएका थिए ।
केन्द्रमा लोकपालको नियुक्तिमा ढिलाइ र महाराष्ट्रमा लोकायुक्त कानुन बनाउनुपर्ने मागसहित ८१ वर्षीय हजारे जनवरी ३० देखि अनिश्चितकालीन अनसनमा बसेका थिए । हजारेले आफ्ना माग पूरा नभए पद्म पुरस्कार राष्ट्रपतिलाई नै लगेर फिर्ता गर्ने चेतावनी दिएका थिए ।