‘स्कुल क्रिकेट लिग २०७५’ को उपाधी राजन मेमोरियलको पोल्टामा

काठमाडाैं:  बनेपा क्रिकेट एकेडेमी तथा एडमिक्स मिडिया हाउसको आयोजनामा सञ्चालित ‘स्कुल क्रिकेट लिग (एस एल सि), २०७५’ को उपाधी राजन मेमोरियल स्कुलले हात पारेको छ ।

इन्जिनियरिङ कलेज, पुल्चोक खेल मैदानमा भएका फाइनल खेलमा सैनिक आवासीय महाविद्यालयलाई ५ रनले पराजित गर्दै राजन मेमोरियल स्कुलले उपाधीमा कब्जा जमाएको हो ।

सोमबार भएको फाइनल खेलमा टस जितेर फर्स्टमा ब्याटिङ रोजेको राजन मेमोरियल स्कुलले निर्धारित ३० ओभरमा अल आउट हुँदै १५९ रन बनायो ।

राजन मेमोरियलको लागि बिजय तामाङ्गले उत्कृष्ट प्रदर्शन गरे । उनले ८० बलको सामना गर्दै ८१ रन जोडे । त्यस्तै अमीत कुमार महतोले १२, क्रीपेस उप्रेतिले १४ रन बनाए ।

राजन मेमोरियललाई १५९ रनमा समेट्ने क्रममा सैनिकका सृजन गुरुङ्ग र कृस कार्किले समान २-२ विकेट, आशिष् कुवर र प्रथम बुधालले समान १-१ विकेट लिए ।

मध्यमस्तरको लक्ष्य पछ्याएको सैनिक स्कुलले ३० ओभरमा ९ विकेट गुमाउदै १५४ रन मात्र बनाएपछी ५ रनको झिनो अन्तरले हार बेहोर्यो ।

राम्रो सुरुवात गरेको राजन मेमोरियलका ब्याट्समम्यान जम्न नसक्दा ५ रनले पराजित हुन पुग्यो । उसका लागि जवाफ जङ्ग मल्लले सर्वाधिक ३१ रन जोडे । त्यस्तै निस्चल तामाङ्गले ३४, सनोज केसिले १९, निश्चय थापाले १६, मन्जिल खत्रीले १० रन बनाएका थिए ।

राजन मेमोरियलका अजय देबले ४, सुजन तामाङ्गले २, अजय नेपालले १ विकेट लिए। राजन मेमोरियलका अजय देब प्लयेर अफ द म्याच घोषित भए । माघ ७ गतेदेखि चलेको प्रतियोगितामा १० टिमहरुको सहभागिता थियो । विजेताले ट्रफि र ६१ हजार नगदसहित शिखर सु को गिफ्ट पाएको छ । त्यस्तै उपविजेताले २१ हजार नगद र ट्रफि हात पारेको छ ।

त्यस्तै म्यान अफ द सिरिज जित्नेलाइ ९८ हजार बराबरको साइकल, जुत्ता किट ब्याग र नेक्सस एकेडेमीमा भारतिय प्रशिक्षकबाट हुने २० दिने फ्रि क्याम्पमा सहभागी गराइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार