६ बैंकको नयाँ व्याजदर सार्वजनिक

कठमाडौंः ६ वटा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सोमबारदेखि लागू हुनेगरी सो बैंकहरुले व्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकमा बैंक अफ काठमाण्डू, सेन्चुरी, प्रभु, माच्छापुच्छ्रे, कृषि विकास र सनराइज बैंक रहेका छन् । बैंक अफ काठमाण्डूले मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा भने ५.५० प्रतिशत ब्याज दिने जनाएको छ । १०.६० प्रतिशत आधार दर रहेको बैंकले कर्जाको ब्याजदर ६ प्रतिशतसम्म हुने जनाएको छ ।

बैंकर्स संघले ब्याजदरको विषयमा छलफल गरको थियो । उक्त छलफल लगत्तै सोमबार ६ वटा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सेन्चुरी बैंकले मुद्दति निक्षेपमा ८.५० प्रतिशत दिने जनाएको छ । प्रभु बैंकले मुद्दति निक्षेपमा ८.५० प्रतिशत दिने भएको छ । दुई वर्ष वा सो भन्दा बढी नवीबरण गरेको खण्डमा ८.६० प्रतिशत दिने जनाएको छ ।

बैंकको बेसरेट ९.३७ प्रतिशत रहेको छ । यता माच्छापुच्छे बैंकले मुद्दति निक्षेपमा ८.५० प्रतिशत ब्याज दिने भएका छन् । यस्तै सनराइजको पनि मुद्दति निक्षेपमा ८.५०, कृषि विकास बैंक ८.५० प्रतिशत ब्याज दिने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार