गीत गाएर बाँच्न मात्र होइन, हाँस्न पनि सकिन्छ : डिजराज (भिडियोसहित)

चर्चीत गायक डिजराज पौडेल नेपाली सँगीत क्षेत्रका चर्चीत प्रतिभा हुन् । सबै खाले विधाका गितमा स्वर दिइसकेका उनका ६ वटा एल्बम निस्किसकेका छन् ।

तिमि आउने बाटोमा,सुनेको दरबार, पापीनीले गइहाली छोडेर , निष्ठुरीले जस्ता उनका गीतहरु कर्णप्रिय छन् । किशोर कुमार,गुलाम अली खानका गीत गाएर नै सँगीत क्षेत्रमा आएका उनी तिमि आउने बाटोमा बाट चर्चामा आएका हुन् । गीतसँगीतको क्षेत्रमा लागेर बाँच्न मात्र होइन हाँस्न सकिने अवस्था बनेको उनले बताए ।

गायन,शब्द र सँगीत तीन वटै कर्ममा उत्तिकै पोख्त गायक डिजराज गीतसँगीत आफ्नो जीवन भएकाले यसबाट टाढा जाने कुरा कल्पनासम्म गर्न नसकने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार