मलेसियासँग भएको श्रम सम्झौता कार्यान्वयन गरेर देखाउन सरकारलाई गुरुङको चुनौती

काठमाडौंः नेपाल वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसियासँग भएको श्रम सम्झौता कार्यान्वयन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

नेपाल डेलीसंगको बिशेष कुराकानीमा उनले भने “अबको ६ महिना सरकारले कडाईपूर्वक समझदारी कार्यान्वनयन गरेर हेरोस् । कतै पनि म्यानपावरलाई एक रुपैयाँ शुल्क लिन नदेओस् । अनि थाहा हुन्छ, यो निर्णय कति प्रभावग्राही छ । निर्णय मात्रै गरेर राख्ने र लोकप्रिय बन्ने ध्येय मन्त्रीको होइन भने ६ महिना यो निर्णयको पूर्ण कार्यान्वयन गरेर हेरौं ।” उनले मलेसीयासंगको समझदारी सरकार लोकप्रिय बन्ने हतियार मात्रै भएको टिप्पणी गरेका छन् । साथै उनले आफुहरुको असन्तृष्टि सम्झौतामा नभई सम्झौतामा उल्लेख भएका केही बुद्धामा रहेको प्रष्ट पारे ।

नेपाल सरकार र मलेसीया बिच भएको सम्झौतामा नेपाली कामदारको कोटा उल्लेख नभएकाले मलेसीयामा नेपालीहरुको राजगारीको अवसर संङ्कोचित भएर जाने सम्भावना बढेको बताए । श्रम समझदारी अग्रगामी र दूरदर्शी नभएको भन्दै यो सम्झौताले अन्य देशका कामदार नमिलेको खण्डमा मात्रै नेपाल विकल्प बन्ने डर सिर्जना भएको बताए ।

पर्याप्त गृहकार्य र मुख्य सरोकारवालासँग छलफलविनानै सस्तो लोकप्रियता कमाउन श्रममन्त्रीले हतारमा सम्झौता गरेको उल्लेख गरे । व्यवसाहिलाई हेर्ने सरकारको नजर नकारात्मक रहेको भन्दै उनले दुखेसो गरे । अन्य मुलुकको तुलनामा नेपाली कामदार मलेसीया लौजान खर्चिलो भएकाले नेपाल विकल्पमा पर्ने खतरा रहेको बताए ।

उनले भने “कामदारले तिर्नु पर्ने सेवा शुल्क पहिले नै निःशुल्क भनिए पनि कार्यन्वयन गर्न सकिरहको छैन र एमओयुमा सहमति हुँदैमा त्यो कार्यान्वयन हुने आधार बलियो देखिँदैन ।”

(भिडियाे)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार