हात काटेर रगतले नाम लेख्ने फ्यानहरु भेटे-गायक हिमाल सागर (भिडियो सहित )

काठमाडाैं : करिव १५ बर्ष देखी गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा लागी परेका गायक हुन हिमाल सागर ।उनले दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् । केही गीत अतयाधिक चर्चित छन् ।उनि प्राय आफ्नो गीतको भिडियोमा आफैंले मोडलिङ गर्छन । हेर्दा चट्ट सुन्दर देखिने भएतापनि पनि उनलाई हिरो बन्ने रहर कहिल्यै भएन । हाल बाजा नामक गीत बजारमा लिएर आएकाछन् जुन निकै हिट भएको छ ।

पुर्वको झापामा जन्मिएका गायक हिमाल भन्छ्न तिहारमा टीका लगाउन जादा गित गाउने अवसर पाएको हु जिवनमा धेरै उतारचडाव आएपनी गित संगीतमा लाग्न कहिले छाडिन र फरक किसिमको गित गाउन रुचाउछु।नेपाल डेलि संग कुरा गर्दै उनी भन्छन ,सधै फ्यान फलोअर्सको राम्रो प्रतिक्रिया पाउछु ।आज भन्दा सात आठ बर्ष अगाडी कति हात काटेर रगतले नाम लेख्ने फ्यानहरु पनि भेटे भने कति खाजा खाने पैसा बचाएर मेरो एल्बमको चक्क किन्ने फ्यान हरु भेटे कति एफ।एम बाट झर्दा पुराइ घेरा हाल्नु हुन्थ्यो तर ,आजभोलि सेल्फी को जमाना छ अटोग्राफ लिने जमाना हराएको छ ।

हामिले सदाबहार ह्यान्डसम हुनुको पछाडी के छ राज भनेर सोध्दा म मेन्टेन गर्न रुचाउछु खान पानमा ध्यान दिन्छु । फ्लिमका पनि धेरै अफर आए तर दुइटा डुङ्गामा खुट्टा हाल्दा डुङ्गा नपल्टेला भन्न सकिन्न भन्छन ।

उनी सङ्ग को अन्तरबार्ता हामिले यहाले धेरै नायिका हरु सङ्ग सहकार्य गर्नुभाछ यदि यहालाई एक नयिका सङ्ग डेटिङ जाने अवसर पाए को सङ्ग जानू हुन्छ भनेर सोध्दा मलाई मन पर्ने नायिका प्रियंका कार्की सङ्ग जान्थे उहाँ सङ्ग मैले काम पनि गरेको छु।बाकी भिडियोमा हेर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार