मेलम्चीको बाँकि काम ‘सिएमसी’ले नै गर्नेछः मन्त्री मगर

काठमाडौंः खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेकी छिन् ।

मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकि काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाएकी हुन् । बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कम्पनीले तीर्न बाँकि नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताइन् । सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अरव बढि भुक्तानी गर्न बाँकि छ । मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानुनी बाटो नभएकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराएकी थिइन् ।

मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अरर्बौ रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गरिन् । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएको सिएमसी कम्पनी आर्थिक अभावको कारण देखाउँदै सो काम छोडेर हिँडेको छ । मन्त्री मगरले सो कम्पनीले काम नगरे अन्य कम्पनीलाई लगाउन सरकार तयार भएपनि त्यसका लागि आवश्यक निर्देशन दिन पनि समितिको ध्यानाकर्षण गराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार