शारीरिक सुगठन विश्वविजेत खेलाडी महर्जनलाई पाँच लाख

काठमाडौंः सरकारले शारीरिक सुगठनका लागि विश्वविजेत खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको छ ।

गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जनही ५ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । त्यसैगरी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले साग फुटबल टोलीका सदस्यहरुलाई पूर्व घोषणा अनुसार जनही ३ लाख दिने निर्णय पनि गरिएको बताए ।

सरकारले नेपाल दुरसंचार प्राधिकरणको कार्यबहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई दिएको छ । त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धमा सुवाष सिटौलालाई नियुक्त गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले बताए । मन्त्रीपरिषद बैठकले बजेट कार्यान्वयनमा देखिएको समस्या तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन बीच सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । सो परियोजनाका लागि अमेरिकाले नेपालाई ५ सय मिलियन डलर अनुदान सहायता उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार