भ्यालेन्टाइन डे नयाँ इतिहास

जनकपुरधामः भ्यालेन्टाइन डे को दिनमा जनकपुरधाममा आमाबुवा पूजन गरि भ्यालेन्टाइन डे मनाइएको छ । जनकपुरधाम १२ हनुमाननगरस्थित राधाकृष्ण योग सेवा केन्द्रले प्रेम दिवस मनाइने दिनमा आमाबुवाको दिव्य पूजन गरी आमाबुवा दिवस मनाएर नयाँ कामको थालनी गरेको हो ।

कार्यक्रमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आमा बुबाको पुजन गर्ने दिवसलाई आदर्श चरित्र निर्माण गर्ने दिवसका रुपमा ग्रहण गर्नु आवश्यक रहेको बताए । उनले आफुभन्दा ठुलालाई सम्मान तथा सानालाई आशिर्वाद दिने संस्कारको बृद्धि हुनसके समाजमा असल चरित्र निर्माण हुने बताए ।

कार्यक्रममा योग गुरु बिनय भाई, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंणेल, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ लगायतले धारणा राखेका थिए । कार्यक्रममा बृद्धआश्रमका जेष्ठ जागरिकहरुलाई पुजा तथा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार