उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिका फेला

सुरेन्द्र सिंह, जनकपुरधामः धनुषामा ११ वर्षीय बालिकाको लास फेला परेको छ । धनुषाको हरिहरपुर नजिकै मगरटोलमा दितीया रसाईलीको लास फेला परेको हो ।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ३ मगरटोलमा बालिकालाई जलाएको अवस्थामा भेटेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । मिथिला नपा वडा नं ३ हरिहरपुरको नारायण रैसेलीकी छोरी ११ बर्षकी दुतिया रैसेली रहेकि छिन् । घर नजिकै उखु वारीमा उखुको झ्यासले जलाएको अवस्थामा ११ वर्षीय बालिकाको शव आज विहान फेला परेको हो ।

मृतकको आमा बाबु सबै परिवारको सदस्यहरुबोल्न नसक्ने अपाङ्ग भएको प्रहरीको भनाई छ । घटनाको सुक्ष्म अनुसन्धानको लागि हेटौडाबाट डग र आसाई लाल बहादुर थापाको नेतृत्वमा प्रहरी सहितको टोली धनुषाको हरिहरपुर गएको थियो ।

डग टोलीले घटनास्थलमा अनुसन्धान गरेर फर्केको छ । घटना अनुसन्धानको क्रममा भएकोले थप जानकारी पछि दिने जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र शाहिले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार