बमजनका अनुयायीको रोइलो

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट पाँच जना ब्यक्ति हराएको घटनामा प्रहरीले अनुसन्धान तिब्र बनाएपछि उनीनिकटका केहीले आपक्ति जनाएका छन् । बम्जनका नाममा संस्था खोलेर विदेशी सहायता लिदै आएका संघ–संस्था र उनका केही अनुयायीले आपत्ती जनाएका हुन् ।
अनुयायीलाई बलात्कार हत्या र वेपत्ता पारेको अभियोग लागेका बमजनमाथी अनुसन्धान रोक्न उनीहरुले उच्च राजनीतिक भेटघाट तिब्र बनाएका हुन् । विषेशगरी बम्जनका मुख्य सहयोगी पूर्व मन्त्री मणि लामा, व्यापारी कमानसिंह लामालगायत राजनीतिक संरक्षणको लागी लबिङमा जुटेका छन् । उनीहरुले विदेशबाट ठुलो रकम जुटाईरहेको सस्था बोधी श्रवण धर्मको लेटरप्याडमा ज्ञापनपत्र बुझाउने काम जारी राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर बम्जनमाथी कारवाही प्रक्रिया अघि नबढाउन भन्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरु नेतृत्वको टोलीले राजनीतिकदेखि विभिन्न संञ्चारमाध्यमका मालिकहरुको भेटघाटलाई तिब्र बनाएका छन् । बमजन पक्षले राजनीतिक दलका नेतासंग हार गुहार माग्नेदेखि विभिन्न मिडियालाई प्रलोभनमा पार्ने प्रयास गरेपछि उनीहरुबाट प्रतिरक्षात्मक कमद हुनसक्ने भन्दै पीडितहरुले दुखेसो पोखेका छन् ।
बमजनविरुद्ध प्रहरीका पाँच वटा निकायमा रहेका उजुरीमा अनुसन्धान नभएको र अझै बमजनले अनुयायीमाथि सोही प्रकारकाका हर्कत गरिरहेको आरोप लागिरहेको छ । बमजनको कर्तुतका विषयमा विभिन्न पक्षबाट खुल्दै जाद उनको पक्षले प्र्रतिरोध गर्ने काम तिब्र बनाएको देखिन्छ । यसविचमा बमजनका सहयोगीहरु मणी लामा, कमानसिंह लामालगायतले दुईपटक पत्रकार सम्मेलनको आयोजना गरि बम्जनमाथि लागेका आरोपको खण्डन गरिसकेका छन् । साथै पटक– पटक विज्ञप्ति जारी गरेका छन् ।

प्रहरीले भने बम्जनको आश्रममा प्रहरीले केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको जनाएको छ । सिन्धुपाल्चोक बाँडेगाउँ, सिन्धुली र बाराको रतनपुर हलखोरियो जंगलका रहेका बम्जनका आश्रममा प्रहीले अनुसन्धान तीव्र बनाएको बताईएको छ ।
पुर्ववर्ती शेरवहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ २६ मा मन्त्रीपरिषद् निर्णयबाट तपस्वी बम्जनको बाराको हल्खोरियास्थित आश्रम क्षेत्रलाई धार्मिक बनक्षेत्र घोषणा गरेको थियो । सरकारको यो निर्णयले विवादमा आइरहने तपस्वी बम्जनलाई सरकारबाट संरक्षण मिलेको थियो ।
बम्जनले २०६२ जेठ २ गतेदेखि निराहार तपस्या गरेको दावी गर्दै आएका छन् । ब्रत छ वर्षपछि २०६८ जेठ २ गते सकिएको भनिएपछि उनी चर्चामा आएका थिए । बाराको जंगलमा उनी तपस्या गर्दै गरेको सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्व’ को उपमा दिएर समाचार आउन थालेको थियो । उनको बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरमा आश्रम रहेका छन् ।
बम्जनको आश्रमबाट पाँचजना बेपत्ता भएको उजुरी परेको छ । २०६९ देखि २०७२ सालको बीचमा चारजना अनुयायी हराएको निवेदनउपर अनुसन्धान भइरहेका बेला केही दिनअघि पाँचौं व्यक्ति पनि बेपत्ता भएको निवेदन परेको छ । यसअघि बारामा सुरेश आलेमगर, मकवानपुरमा सञ्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका थिए । बम्जन आश्रमबाट पाँचजना मात्र बेपत्ता भएको उजुरी परे पनि अझै अरु केही बेपत्ता भएका वा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार