गण्डकी प्रदेश समृद्धिको हिसावमा पहिलो हुन्छ ः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग प्रदेशको विकासका थुप्रै योजना छन् । तर प्रदेश सरकार गठन भएको बर्षदिन पूरा भैसक्दा पनि प्रदेश विकास र रणनीतिक महत्वका काम गर्न सकेको छैन । ५ महिनाअघि आफ्नै पहलमा देशभरका मुख्यमन्त्रीहरुको पोखरामा भेला गरेर संघीय सरकारले असहयोग गरेको टिप्पणी गर्ने गुरुङ अहिले भने संघीय सरकारप्रति अलि नरम देखिएका छन् । बर्षदिनसम्म विकास निमार्णका देखिने काम नभएपनि आन्तरिक तयारी गरिहरेको बताउने मुख्यमन्त्री गूरुङ आफसंग विकासका योजना निश्चित अवधिभित्र पूरा गरिसक्ने जोश, जाँगर र क्षमता रहेको बताउछन् । प्रस्तुत छ न्युज कारोबारमर्की श्यामसुन्दर पुाडसैनीले उनीसंग गरेको संझिप्त कुराकानी ।

गण्डकी प्रदेशका सम्भाव्यता के–के हुन् ? कसरी प्रदेशलाई बिकास गर्न सकिन्छ ?
सम्भाव्यता धेरै छन् । प्रथम रूपमा पर्यटनको एकदमै सम्भावना छ । त्यदेशको जलविद्युत उत्पादनको हिस्सामा प्रदेश ४ को महत्वपूर्ण भूमिका छ । समथर भूभाग कम भए पनि कृषिको आधुनिकीकरण हुन सकेको छैन । तरकारी खेती फलफूल खेती वागवानी खेतीमा सुधार गर्नुपर्ने छ । जडीबुटी खेतीको प्रबल सम्भावना छ । पहाडी जिल्लाहरू हुनाले पहाडी बाली तथा हिमाली क्षेत्रमा हिमाली मौसम अनुकूलको बाली लगाउँनुपर्ने हुन्छ । ऊर्जा, कृषि, पर्यटको विकास हुन सक्ने स्थान हो । खनिज पदार्थको पनि अत्यधिक सम्भव्यता भएको ठाउँ हो । युरेनियम लगायतका खनिज पदार्थको धनी प्रदेश पनि हो । यिनै चीजहरूलाई समातेर हामीले विकास गर्नुपर्ने छ ।

सम्भाव्यता धेरै छन् भन्नुभयो, यसको सदुपयोगको लागी पुर्वाधार चाहियो नी होईन ?
पूर्वाधार सबैभन्दा महत्वपूर्ण कुरा हो । राजमार्ग, बाटोघाटो नभई विकास सम्भव छैन । विकासका पूर्वाधार नभई उत्पादित चीजहरूले बजार पाउन सक्दैन । कृषि, पर्यटन ऊर्जाको विकास साथै खनिज पदार्थको अन्वेषण, उत्खननले विकास सम्भव छ । पूर्वधारको विकास मात्रै होइन, दक्ष जनशक्ति पनि चाहियो । प्रदेशको आर्थिक उन्नति र समृद्धिमा स्रोत र साधनलाई व्यावहारिक रूपान्तरण गर्नका लागि मानव शक्ति आवश्यक छ ।

प्रदेशको विकासको लागी यहाँले बताएका धेरै सभाब्यतामा प्रदेश विकासको सबैभन्दा बलियो मुख्य आधार चाही के लाई बनाउन सकिन्छ ?

पर्यटन र ऊर्जा क्षेत्र नै गण्डकी प्रदेशको विकास र समृद्धिको प्रमुख आधार तय गरेका छौ । गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार हो । मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ । गण्डकी प्रदेशभित्र यो वर्ष ३ सय पर्यटकीय गाउँमा घरबास सञ्चालन गर्ने योजना छ । गण्डकीमा प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्वको पर्यटन विकाससँगै खेलकूद पर्यटनको विकासका लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको छ ।

प्रंदेश विकासको अवको अबको योजना के छन् ?
प्रदेश विकासमा धेरै सम्भाव्यता छन्, यसको लागी पूर्वाधार विकास गर्नु चुनौती छ । अर्काे तर्फ आउदा योजनाबारे भन्नुपर्दा गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत् र नौ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको छ । त्यसतर्फ प्रदेश सरकारले आवश्यक काम अघि बढाएको छ । जलस्रोत मार्फत १० हजार मेगावाट बढी र वायु र सौर्य ऊर्जाबाट मुस्ताङमा पाँच हजार मेगावाट बढी विद्युत् उत्पादनको सम्भावना छ । हिमाल, पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धिको यात्राबाट रोकिने कुनै कारण छैन ।

विकासका लगानी सम्मेलनका कुरा कहा पुग्यो ?
बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले प्रदेश सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको छ । लगानी भित्रिएमा यस प्रदेशमा आर्थिक समृद्धिका टेवा पु¥याउन सकिन्छ । लगानी गर्दा सुरक्षा, यातायातको पहुँच र कच्चापदार्थ प्रशस्त भएकाले निजी क्षेत्रलाई आफ्नो लगानी गरेर रोजागारी सिर्जना गर्ने काममा तीन तहका सरकार प्रतिवद्ध रहेको छ । सम्मेलन छिट्टै गर्ने तयारीमा छौ ।

लगानी भित्राएपछि औद्योगिक क्षेत्रले विकास गर्ने मुख्य लक्ष्य लिएको हो ?
रोजगारीका लागि औद्योगिकीकरण गर्नैपर्छ औद्योगीकरण हाम्रो प्रदेशको विशेषता सुहाउँदो हुनुपर्छ । ठूलाठूला औद्योगिक कुरा गर्न आवश्यकता छैन । एग्रो बेस वा वनजङ्गलमा आधारित उद्योगहरू हुन सक्छ । फ्लोरिकल्चरको विकास पनि गर्न सकिन्छ । किवी खेती, फलफूलमा आधारित उद्योगहरूको विकास गर्न सकिन्छ । हावा पानी र माटोले साथ दिएकाले चिया र कफीमा आधारित उद्योगहरू सुरु गर्न सकिन्छ । कोरला नाका सञ्चालनमा ल्याउन सकियो भने दुई ठूला देशहरूसँग प्रत्यक्ष बजार जोडिन सक्छ । जसको कारणले एसम्बल कम्पनी खोल्न सकिन्छ । ती उद्योगहरू रोजगारीमा आधारित हुन्छन् । उद्योगहरू स्थापना गर्छौं । औद्योगिक क्षेत्रहरूका लागि स्पेसल इकोनोमिक जोनहरू स्थापना गर्छौं । कावासोती, गोर्खा तनहुँ वा अन्य ठाउँ पनि हुन सक्छ । बढीमा तीन ठाउँमा स्पेसल इकोनिमक जोन स्थापना गर्छौं । गण्डकी प्रदेशले आर्थिक समृद्धिमा त्यसले महत्वपूर्ण योगदान दिन्छ ।

प्रदेश सरकार गठन भएको एक बर्ष वितिसेको छ, अव बाकी ४ बर्षपछि गण्डकी प्रदेश कुन स्थानमा हुन्छ ?
गण्डकी प्रदश स्रोत साधनको हिसावले समृद्ध छ । सभ्यता वा प्रविधिको कारणले पनि अरू भन्दा अघि छाँै । कार्य शैलीमा पनि अघि छौँ । प्रदेश केन्द्र छनोटमा पनि विवाद नभएको प्रदेश हो । जनताको प्रवृत्ति, राजनीति र स्रोत र साधनको उपलब्धतालाई हेर्दा गण्डकी प्रदेश १ नम्बर मा छ । अबको चार वर्षमा पनि हामी एक नम्बर नै बन्छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार