न्यायाधीश घूसकाण्ड माथि छानबिन गर्न समिति गठन

काठमाडौं – ५ लाख घूस प्रकरणमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि छानबिन गर्न न्याय परिषद्ले समिति गठन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीवार बसेको न्यायपरिषद् बैठकले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा न्यायाधीश बानियाँको आग्रहमा घूस लिएको बताएका थिए ।

सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुब्बा चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने न्यायाधीश बानियाँमाथि छानबिन गर्न न्याय परिषद्मा पठाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार