कर्णाली सरकारको एक वर्ष : आफ्नो नजरमा हिरो, जनताका नजरमा जिरो

फाल्गुन ३ गते कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एक वर्षमा कर्णाली सरकारले गरेका काम कारबाहीले कतै जनतामा उत्साह जगाएको छ भने कतै निरासा पनि बढाएको छ । प्रदेशका अधिकांश जनताले प्रदेश सरकारले उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरेका छन् । यद्यपी सरकारको कामकारबाहीप्रति सन्तुष्टि जनाउनेहरू पनि नभएका भने होइनन् । ...